दुवै सदनको बैठक बस्दै, प्रतिपक्षीको अवरोध हट्ला ?

सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।  

Seti Hospital

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि छ । 

यद्यपि आज पनि प्रतिपक्षी दलहरूको अवरोध जारी रहने सम्भावना छ । उनीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकले राजीनामा दिनैपर्ने अडान दोहोर्याएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि उपमहासचिव वर्षमान पुनले भने, ‘गम्भीर प्रश्न उठिसकेका बेला गृहमन्त्रीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नु नै उचित हुन्छ ।’ 

यस्तै, आजको राष्ट्रियसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यस्तै, ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्ने कार्यसूची छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार