काठमाडौं । राष्ट्रिय प्रजातन्न्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टचारी र तस्करको ‘झोले’ भएको आरोप लगाएका छन् । विभिन्न प्रकरणका उदाहरण दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।
नेकपा (एमाले)ले ‘म झोले हो’ ट्रेण्ड सुरु गरेको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारी र तस्करको झोले नभई राष्ट्रको झोले बन्न आग्रह गरेका छन् ।
“प्रधानमन्त्री ज्यू, तपाईं झोले नै हो, गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यु– टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाइड बोडीको, एनसेलको , पोखरा विमानस्थलको, भैरहवा विमानस्थलको, भिजिट भिसाको”, उनले भनेका छन्, “तर, प्रधानमन्त्री ज्यू … भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस् ।।”
राजावादीसहित विपक्षीले विशेषगरी ठूला दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी ‘झोले’ भन्न थालेपछि प्रधानमन्त्री ओलीले केही दिनअघि सार्वजनिक मञ्चमार्फत आक्रोश पोखेका थिए । जसको प्रतिक्रिया स्वरुप एमालेले ‘म झोले हो’ ट्रेण्ड सामाजिक सञ्जालमा सुरु गरेको हो ।
प्रतिक्रिया दनुहोस्