पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना

काठमाण्डौ : आज कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी थोरै तथा बाँकी अरु भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Seti Hospital

मौसमविद् डेभिड ढकालका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन । बिहान गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भएको छ ।

देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा अहिले बादल लागेको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपछि छिटपुट पानी पर्न सक्ने अनुमान छ ।

यस वर्ष गएको बिहीवार रातिदेखि नेपालमा मनसुन प्रवेश गरेको थियो । तर मनसुन कोशी प्रदेशमै रोकिएको छ । मनसुन पश्चिमतर्फ सर्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार