‘नक्कली प्रचण्ड’ नामले परिचित कलाकार घनश्याम गौतमको निधन

काठमाडौं : ‘नक्कली प्रचण्ड’का नामले परिचित कलाकार घनश्याम गौतमको निधन भएको छ।

क्यान्सर रोगको उपचारका क्रममा उनको सोमबार राति भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा निधन भएको परिवारले जनाएको छ। उनको दाहसंस्कारका लागि शव पशुपति आर्यघाटमा लगिएको छ।

SHIKHAR COOL TECH

गौतम विगत दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए। उनी रेडियो नाटक, सडक नाटक हुँदै चर्चित टेलिभिजन हास्य शृंखला ‘मेरी बास्सै’मा ‘नक्कली प्रचण्ड’ को भूमिकाबाट निकै चर्चामा आएका थिए। यसबाहेक, उनले थुप्रै हास्य कार्यक्रम, गाईजात्रा तथा गायनमा समेत सक्रियता देखाएका थिए।

करिब डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका गौतमको त्यहाँ उपचारका क्रममा अवस्था जटिल बनेपछि थप उपचारका लागि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा सारिएको थियो।

निधन हुनुभन्दा तीन दिनअघि मात्र गौतमले उपचारमा सहयोग गर्ने आश्वासन दिए पनि प्रचण्डले वास्ता नगरेको भन्दै पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति असन्तुष्टि पोखेका थिए।

उनको निधनप्रति कलाकार तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार