सुदूरपश्चिमका मन्त्रालय कि कवाडखाना ?

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरु अहिले मन्त्रालय कम, कवाडखाना बढी देखिन्छन् । पुराना र थोत्रा गाडी थन्काएर नयाँ गाडी किनिएपछि तिनै पुनारा, थोत्रा गाडीहरु थन्क्याइएका मन्त्रालय कवाडखाना जस्तै देखिएका छन् ।

खासगरी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले मन्त्रालय भन्दा पनि कवाडखाना बढी देखिएका छन् ।

Seti Hospital

हाल यी दुवै मन्त्रालयको प्राङ्गढमा वर्षौंदेखि थन्काएर पूराना गाडीहरु राखिएका छन् । मन्त्रालयको प्राङ्गढमा डबल क्याप, मिनि भ्यान लगायतका गाडीहरु थन्किएका छन् । तर ती गाडीहरु न प्रयोगमा ल्याउने प्रयास गरिएको छ, न त ती गाडीहरुको व्यवस्थापनमा चासो देखाइएको छ ।

यही कारण मन्त्रालयमा थन्किएर बसेका गाडीहरु दिनप्रतिदिन कवाड बन्दै गइरहेको छन् भने अर्कोतर्फ ती कवाड बन्दै गएका गाडीहरुले मन्त्रालयको सौन्दर्यतासमेत बिगारेको छ ।

यसो त ती गाडीहरु मर्मत गर्ने हो भने प्रयोग गर्न योग्य अवस्थामा ल्याउन सकिने प्राविधिकहरु बताउँछन् । तर नयाँ गाडी चढ्न पाएपछि पूराना गाडीको वास्ता कसैलाई छैन । अर्कोतर्फ ती गाडीहरुको व्यवस्थापन गर्न सक्दा पनि त्यसबाट केही आर्थिक लाभ लिन सकिने ठाउँ छ । तर त्यसतर्फ पनि कसैले चासो भने देखाएका छैनन् । यसले सरकारी सम्पत्ति जीर्ण मात्रै बनेका छैनन् बरु सम्बन्धित मन्त्रालयमाथि आर्थिक भार पनि थोपरिँदै गएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार