धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीको राजिनामा मागेको छ ।
भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि रास्वपाले गृहमन्त्री रमेश लेखकको राजिनामा मागेको हो । नाम नै मुछिइसकेपछि गृहमन्त्रीले पदबाट राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको भनाई छ ।
रास्वपाले गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिएको छ ।
रास्वपाले गृहमन्त्रीमाथि उच्चस्तीय छानविन आयोगमार्फत अनुसन्धान हुनुपर्ने रास्वपाको भनाई छ । तर भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गर्दै आएका गृहमन्त्री लेखकले राजिनामा दिन आवश्यक नभएको बताउँदै आएका छन् ।
प्रतिक्रिया दनुहोस्