हडताल गर्ने यातायात व्यवसायीलाई कार्वाहीको सट्टा माग सम्बोधन गर्न गृहले बनायो कार्यदल

काठमाडौं : आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीहरूको माग सम्बोधनका लागि छलफल गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ। सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसँग गृह मन्त्रालयमा छलफल गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक रहेका छन्।

Seti Hospital

कार्यदलमा आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना रहेका छन्। गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन्।

बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको भन्दै बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध गरेको छ।

राइड सेयरिङ बन्द गर्नुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रँदै सोमबार सार्वजनिक यातायात बन्द गरेका थिए। गण्डकी प्रदेश सरकारले नियमावली बनाएर राइड सेयरिङलाई कानुनी मान्यता दिएको विरोधमा पोखराबाट आन्दोलन सुरु भएकोमा सोमबार सबै व्यवसायी मिलेर देशभरका सार्वजनिक यातायात बन्द गरेर सरकारलाई दबाब दिए।

अत्यावश्यक सेवामा हडताल गर्न नपाइने कानुनी प्रावधान विपरीत यातायात व्यवसायीहरू नाजायज मागसहित आन्दोलनमा उत्रिदा सरकारले कानुन अनुसार कार्वाहीको साटो उल्टो वार्ताका लागि तम्सियो।

facebook sharing button
messenger sharing button
twitter sharing button
viber sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार