१९ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्व टोलीलाई चीन सरकारले उच्चस्तरको सम्मान दिएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने काम गरेको बताए ।
‘दुई देशका बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने र नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ । त्यसले राजनीतिक स्थायित्व दिन्छ र त्यो राजनीतिक स्थायित्व प्रति खुसी व्यक्त गर्नुभयो’, उनले भने ।
भ्रमणका क्रममा एमालेका तर्फबाट विदेश विभाग प्रमुख रघुबीर महासेठ र सरकारका तर्फबाट मन्त्रीको हैसियतमा आफूले सम्वादहरुमा भाग लिएको पनि उनले बताए । गत १० जेठमा बेइजिङ गएको भ्रमण टोली आज स्वदेश फर्किएको छ ।
प्रतिक्रिया दनुहोस्