काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बल, नेपालले सोमबार दुईवटा बस सञ्चालन गरेको छ ।

एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।
यायातात व्यवसायीले गरेको सवारीसाधन बन्दका कारण सर्वसाधारण नागरिकलाई गन्तव्यसम्म पुर्याउनका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्रले प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्