विधि पुर्‍याउने नाममा बैंकबाट दुःख दिइयो : सभापति चालिसे

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले १४ बाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन् । सोमबार (जेठ १९) अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

तरलता ठूलो मात्रमा रहेको उनले उल्लेख गरे । विधि पुर्‍याउने नाममा बैंकले ऋण लिन जानेलाई दुःख दिने गरेको उनले आरोप लगाए ।

Seti Hospital

सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताका आधारमा बैंकले सहज रूपमा कर्जा दिने वातावरण हुनुपर्नेमा जोड दिए । “साना उद्योगीहरूलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ,” उनले भने, “दूरदराजका मान्छेलाई, काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसाबले दिनुपर्छ ।”

उनले अरू देशमा शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा दिइने बताए । नेपालमा पनि त्यसबारे सोच्नुपर्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार