सार्वजनिक यातायात बन्द हुँदा राइडरको दोहन, के भन्छन् सेलिब्रेटीदेखि सर्वसाधारण ?

काठमाडौं– आज देशभर सार्वजनिक यातायात बन्द रहेको कारणले हजारौं यात्रुहरू सडकमा अलपत्र परेका छन् । विद्यालय, कार्यालय र अत्यावश्यक सेवामा जाने मानिसहरूले ठूलै सास्ती झेलेका छन् । यातायात व्यवसायीहरूको सार्वजनिक सवारीसाधन नचलाउने निर्णयले यात्रुहरूलाई मर्का पार्दा सामाजिक सञ्जालमा उच्च असन्तुष्टि देखिएको छ ।

सञ्जालमा अहिले यात्रुलाई परेका समस्याको कारण मात्र होइन, राइड सेयरिङ सेवालाई निषेध गर्न खोजिएको प्रयास, राइड सेयरिङहरुले यही मौकामा सर्वसाधारणलाई लुट्ने प्रयास, ट्याक्सीहरूको मनपरी भाडा तथा सरकारको कमजोर नियमन समेत व्यापक आलोचनाको विषय बनेको छ ।यीनै विषयमा सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले सामाजिक सञ्जालमा आफ्नो आफ्नो धारणा राखेका छन् । उनीहरुका धारणाहरु जस्ताको त्यस्तैःआईआईएफटी फेसन कलेजका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पा लेख्छन्– ‘कुखुरा बोक्ने गाडी जस्तो हालतमा सार्वजनिक सवारीसाधन हुन्छ, त्यसको पो फुर्ति ? आफू कसरी सेवामुखी बन्ने भन्ने सोच्नु छैन अनि आन्दोलन गरेर हुन्छ ? गोरु’

Seti Hospital

रेडियोकर्मी तथा विज्ञापनकर्मी प्रभात रिमाल लेख्छन्– ‘सार्वजनिक यातायात बन्दले यात्रीहरु मर्कामा, यही मौका पारेर राइड शेयरिङवालाहरूले शुल्क महँगो गर्न सक्छन् है, यहाँ सबै अवसरवादी हुन्, चेतना भया, जनहितमा जारी ।’पत्रकार ध्रुव लम्साल लेख्छन्– ‘यातायात व्यवसायीसंग वार्ता– संवाद जरूरी छैन । २० वर्ष उमेर पुगेका सवारी कबाडीको जिम्मा लगाउ, बाँकीको उचित मोल गर र सरकारले चलाउ । सार्वजनिक यातायात सुधार्ने महाअवसर हो यो ।’

फेसबुक प्रयोगकर्ता राममणि दाहालले लेखेका छन्– ‘काठमाडौं उपत्यका बन्दको घोषणा फिर्ता, यातायात व्यवसायीको यातायात बन्द यथावत राजमार्ग ठप्प, यात्रु अलपत्र ।’

आर्थिक पत्रकार भोजराज भण्डारीले लेखेका छन्– ‘पैसा तिरेर आफैँमाथि शासन चलाउन दिनु भनेको सार्वजनिक बस चढ्नु हो । बरु दुई–चार दिन दुःख पाइए सहुँला, तर यातायातमा गरिने व्यवहारको हद नाघेको छ । सरकारलाई यातायात क्षेत्र सुधार गर्ने यो एउटा अवसर हो । नो इफ नो बट ।’

भरत थापाले लेखेका छन् – ‘यातायात बन्दको आंशिक प्रभाव, ट्रिपर भने चलिराख्या छन् । मैले नबुझेको कुरा नि पार्टीहरुकै भातृ संगठनहरु मिलेर बन्द गरेका छन्, आपसी समझदारीमा बसेर यस्तो बन्द गर्ने कार्यको निरुत्साहि त गर्न पर्दैन र भन्या ?’

पत्रकार प्रजु पन्त लेख्छिन्– ‘सार्वजनिक यातायात खासमा सरकारले केही छुट दिएकोबाहेक नीजि गाडि नै हुन् । व्यक्तिले किनेर चलाउने अनि त्यो कुनै सतिति वा कम्पनिमा दर्ता हुने गर्छन् । कुनै प्राधिकरण वा एकिकृत व्यवस्था गरेको भए आज यात्रु अलपत्र पर्दैन थे । सडक सार्वजनिक यातायातविहिन हुँदैन थे । राज्यको भूमिका रेगुलेटिङ÷मनिटरिङ हो, तर सरकारले सार्वजनिक यातायात छाडा छोडेकै हो । सार्वजनिक यातायात सार्वजनिक नभएर नीजिको हुँदा आम नागरिकहरू आफ्नो अधिकारबाट बञ्चित भए । खासमा कमजोरी राज्यको हो । बाटो, घाटो अनि खर्चका हिसाबाले पनि सार्वजनिक यातायात चुस्त बनाउनुको विकल्प छैन । कुनै प्राधिकरण बनाएर छिट्टै काम प्रारम्भ होस् । यातायात व्यवसायीले पनि अन्य प्रतिष्पर्धी आउँदा निषेध गर्न पाइँदैन । बजार प्रतिष्पर्धात्मक हुन्छ, संगठनको भरमा एकाधिकार लाद्न पाइँदैन ।

टेलिभिजनकर्मी विश्वदिप लामिछानेले लेखेका छन्– ‘यी यातायात व्यवसायीको आन्दोलन तुहाउन पनि सरकारले सार्वजनिक सवारीमा लगानी बढाउनु पर्यो, यिनीहरुले एक महिना नै बन्द गरे पनि साझा, प्रहरी, सशस्त्र, निजामतीका गाडी सडकमा चलाएर भए पनि जनतालाई सजिलो पार्नु पर्यो ! यिनीहरु बन्द गरेरै बसुन ! ब्ल्याक मेलको पनि हद हुन्छ नि ।’

रेडियोकर्मी सन्तोष भट्टराईले लेखेका छन्– ‘सरकारको पेट्रोल पम्प चलाउने निकायले सार्वजनिक यातायात पनि चलाओस्, ब्रम्हलुट भयो देशमा, नत्र पम्प मात्र किन ?’

राजेन्द्र महर्जनले लेखेका छन्– ‘काठमाडौंको आकाशले आजदेखि अनिश्चित कालका लागि प्रदुषित हुनु पर्ने छैन । न त प्वाँ प्वाँ र पिँ पिं, हुइँ हुइँ र घुँ घुँ नै सुन्नु पर्नेछ । सडकले पनि आज आराम पाउने छ । यातायात व्यवसायीलाई मुरीमुरी धन्यवाद ।’

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लेख्छन्– ‘सरकारले जनताको लागि मास ट्रान्पोर्टलाई ध्यानमा राख्दै मेट्रो, ट्राम, साझा बस, बिजुलि बस आदिका योजना ल्याउनु जरुरी छ । सिन्डिकेट र दलाली यातायात जनतालाई चाहिएको छैन । शेयर राइडिङ नागरिकको सुविधाजनक यातायात प्रणाली हो, यसको विरोध गर्नु कुनै अर्थ छैन ।’

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लेख्छन्– ‘राइड सेयरिङ सेवा बन्द होइन थप वैधानिक र व्यवस्थित आजको आवश्यकता हो । यसले हजारौँलाई रोजगारी दिएको छ । ट्याक्सी लगायत यातायात व्यवसायीको मनपरी नियन्त्रण भएको छ । यातायात व्यवसायीको आन्दोलन कुनै पनि हिसाबले सही छैन । होइन ।’

सञ्चारकर्मी लक्ष्मण कार्कीले लेखेका छन्– ‘मिटरमा जानै पर्ने भन्ने नियम छ, तर ट्याक्सीवाला सिधै जान्न भन्छन् । वा यति दिनुस् अनि मात्र जान्छु भन्छन् । चोकमा कुर्ने अनि केहीलाई मुर्गा बनाउन पल्किएका बाहेकलाई राइड सेयरिङ्ले रोजगारी पनि बढाएको छ । बार्गेनिङको झन्झट पनि छैन । सरकारले नसकेको भाडाको व्यवस्थापन राइड सेयरिङका एपहरूले गराएका छन् । सार्वजनिक यातायात सुधारौँ, सकेसम्म धेरै मान्छेलाई यसमा चढौँ चढौँ लाग्ने बनाऔँ ।’

सञ्चारकर्मी भिक्टर पौडेलले लेखेका छन्– ‘म दिनमा एक न एकपटक इन्ड्राइभ पठाओ चढ्ने गर्छु र राइड राइड सेयरिङहरुले सधैं कुरै कुरामा ‘यो नेताहरुले देश बिगारे, लुटे, जनतालाई ठगे’ भनेर फ्रस्टेसन पोखेको मात्रै देखिरहेको हुन्छु । तर आज म बालाजुबाट नक्साल जानको लागि गरेँ (पैसा पनि अलिकति बढाइ दिएँ) तर एक्सेप्ट भएन उल्टै धेरै जना अफलाईन गरौं भन्दै आउनु भयो, अनि रेट नर्मल टाईमको भन्दा डबल, त्रिपल नै माग्नुभयो । अचम्म लाग्यो— ‘हिजो–अस्तिसम्म आदर्शको कुरा अनि नेतालाई गाली गर्नेहरूले आज यस्तो व्यवहार गरेको देख्दा र म पनि ढुक्क भएँ कि ‘यो देशमा हामी जनता नै ठीक छैनौं, नपाउञ्जेल आदर्शको कुरा गर्ने तर पाएपछि— ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट ।’

फिल्म निर्माता अर्जुन कुमार लेख्छन्– ‘आज राइड शेयर पठाओ इन्ड्राइभको हरकत देख्दा यिनीहरुलाई भाटे कारवाही गर्नु पर्ने देखियो, सबका सब चोर छन् । #नोराइडशेयर ।’

गायक सञ्जय श्रेष्ठ व्यङ्ग्य कस्दै लेख्छन्- ‘आज पाइपलाइन बाट भान्साघर सम्म आएको ग्यास लाइनबाट प्याट्ट ग्यास बालेर खाना खाएर कोशी बाट नारायणी हुँदै पानीजहाज चढेर त्यहाँ बाट कुस्मा पर्वत पोखरा सम्म रेल यात्रा गरौंला भनेको …आज सार्वजनिक यातायात बन्द रैछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार