काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता (विज्ञप्तिसहित)

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ । 

 राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो ।

SHIKHAR COOL TECH

समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’

आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर, ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।

प्रहरीले रिहा गरेसँगै बन्दको कार्यक्रम पनि फिर्ता लिइएको संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार