कञ्चनपुरबाट एक ट्रक काठसहित बोहरा पक्राउ

धनगढी : कञ्चनपुरबाट एक ट्रक काठसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–३ बाट सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०८७ नम्बरको एक ट्रक काठसहित गणेशबहादुर बोहरा पक्राउ परेका हुन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीका ४३ वर्षीय बोहरा एक सय ६४ क्यूफिट काठसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर मातहतमा रहेको इलाका प्रहरी कार्यालय, शंकरपुरको टोलीले शनिवार राति ४९ गोलिया आँपको काठ, ३७ गोलिया मसलाको काठ र बाँकी दाउरा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराले काठसहितको ट्रक र गणेशबहादुरलाई सब–डिभिजन वन कार्यालय, लालझाडीमा बुझाएको बताएका छन्। वनले उनी माथि कानुनी कारबाही गर्ने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार