निजामती विधेयकमा न्यायपालिका अधिकृत समाजको आपत्ति- ‘करिअर जज’ को बाटो बन्द गर्न खोजियो

काठमाडौं : न्यायपालिका अधिकृत समाजले सहसचिव तहमा खुला प्रतिस्पर्धा बन्द गरेर उपसचिव र सहसचिवको प्रतिस्पर्धाको सेवा अवधि ७ वर्ष कायम गरेकोमा असहमति जनाएको छ ।

काठमाडौंमा आइतबार सम्पन्न पाँचौँ अधिवेशन तथा साधारण सभाले २९ बुँदे घोषणापत्र जारी गर्दै प्रस्तावित संघीय निजामती सेवा विधेयकको प्रावधानमा असहमति जनाएको हो ।

Seti Hospital

समाजले सहसचिवमा खुला प्रतिस्पर्धा बन्द गरी उपसचिव र सहसचिवको प्रतिस्पर्धाको सेवा अवधि ७/७ वर्ष कायम गर्दा न्यायाधीश नियुक्तिको न्यूनतम योग्यता समेत नपुग्ने अवस्था सिर्जना हुने भन्दै आपत्ति जनाएको हो ।

घोषणापत्रमा यसअघिको ५ वर्षे सेवा अनुभव र १० प्रतिशत खुला प्रतिस्पर्धाको साबिक व्यवस्था कायम राख्न माग गरिएको छ । प्रस्तावित व्यवस्थापनले प्रथम श्रेणीमा पुग्न न्याय सेवाको अधिकृतलाई २० वर्ष लाग्ने र करिअर न्यायाधीश नियुक्तिको बाटो बन्द हुने समाजको भनाइ छ ।

त्यस्तै घोषणापत्रमा न्याय सेवाका कर्मचारीको सेवाका शर्त र सुविधा सम्बन्धी बेग्लै ऐन जारी गर्न र राष्ट्रिय बजेटको एक प्रतिशत न्याय सेवाले पूर्ण स्वायत्त ढंगले खर्च गर्न पाउने गरी व्यवस्था गर्न माग गरिएको छ ।

समाजले न्यायाधीश, रजिष्टार, सहसजिष्टार र उपरजिष्टारको दरबन्दी थप गर्न तत्कालै संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गरेको छ । त्यस्तै न्याय सेवाका अधिकृतबाट निश्चित संख्यामा सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिको व्यवस्था गर्न घोषणापत्रमा ध्यानाकर्षण गराइएको छ ।

समाजले जिल्ला न्यायाधीशको नियुक्ति ६० प्रतिशत बढुवा र ४० प्रतिशतमा खुला र आन्तरिक प्रतिस्पर्धाबाट गर्न तथा फैसला लेखनमा खटिएका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई प्राथमिकतामा राख्ने गरी मापदण्ड संशोधन गर्न माग गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार