काठमाडौं : आइतबार पक्राउपछि छुटेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले दमन र निषेधले विचार नमर्ने बताएका छन् ।
आइतबार राति प्रहरीको हिरासतबाट छुटेका थापाले सोमबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्यङ्ग्य गर्दै धन्यवाद समेत दिएका छन् ।
‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईँहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
साथै अध्यक्ष थापाले आफूले निषेधित क्षेत्र नतोडेको दाबी समेत गरेका छन्। ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ’, थापाले भनेका छन् । उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संकल्प अझै सुदृढ भएको दाबी गरेका छन् ।
आइतबार दिउँसो प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले उनलाई काठमाडौंको नारायणचौरबाट पक्राउ गरेको थियो । थापासहित पक्राउ परेका सात जनालाई आइतबारै राति प्रहरीले छाडिसकेको छ ।
प्रतिक्रिया दनुहोस्