आज जेठ १९ : दरबार हत्याकाण्डको चौबीस वर्ष

काठमाडौँ ।  नेपालको इतिहासमा १९ जेठ २०५८ रातिको दरबार हत्याकाण्ड नेपाली जनमानसमा एक दुःखद् घटनाका रूपमा चित्रित छ । यो घटना नेपाली इतिहासको पानामा एउटा कालो दाग बनेर अंकित छ । जसको २४ वर्षपछि पनि यसको रहस्य र प्रभाव उत्तिकै गहिरो छ । सो घटनामा राजा–रानीसहित राजपरिवारका १० जनाको एकसाथ ज्यान गएको त्यस घटनाले नेपालतर्फ विश्वकै ध्यानाकृष्ट भएको थियो । यो काण्ड भएको २४ वर्ष पूरा भई २५ वर्षमा लागेको छ । जुन खासगरी नेपाल र नेपालका लागि अत्यन्त पीडादायक घटना थियो । जुन घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेतामध्ये एक थिए ।

फलतः अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो । एउटा अल्पविकसित राष्ट्रका राष्ट्राध्यक्षले सुसम्पन्न र अति विकसित राष्ट्रका राष्ट्राध्यक्षहरूसँग संवाद गर्दा समसामयिक विषयमा महत्वपूर्ण सुझाव दिन सक्छन् र त्यसले संयुक्त राष्ट्रसंघ एवं महाशक्तिहरूलाई पनि सोच्न बाध्य बनाउँछ भन्ने कुरा राजा वीरेन्द्रले राम्रोसँग प्रमाणित गरेर देखाइदिए । केही दशकयता नेपाली राज्यले भोगेको सबैभन्दा ठूलो प्रकृतिसिर्जित संकट ८–९ वर्षअघिको विध्वंसकारी भूकम्प तथा नाकाबन्दी पनि थियो भने त्यसअघिको अर्को राष्ट्रिय संकट दरबार हत्याकाण्ड थियो । ती दुवै त्रासदीलाई नेपाली राज्यले कमी–कमजोरीका बावजुद पार लगाएको छ ।

Seti Hospital

जहाँसम्म त्यस हत्याकाण्डको सूत्रधार को थियो ? भन्ने सदाबहार प्रश्न हो, त्योचाहिँ सायद इतिहासको रहस्यकै रूपमा रहनेछ । यस्तो रहस्य, जसका ’boutमा कुनै दिन पूर्ण सत्य उजागर भयो भने पनि सबैले पत्याउने अवस्था नरहन सक्छ । जसमा दरबार हत्याकाण्डको पहिलो असर राजतन्त्रमाथि नै प¥यो । जसमा विचार गर्ने हो भने मानिसले ‘दरबारको जग कति कमजोर रहेछ ?’ भन्ने प्रस्टसँग देखे, जसले गर्दा त्यसप्रति रहेको परम्परागत जनविश्वास स्वाट्टै घट्यो । यसैक्रममा अस्वाभाविक परिवेशमा भएको ज्ञानेन्द्रको गद्दीरोहणलाई मानिसले बाध्यतावश स्विकारेका थिए । उनले ‘कू’ गर्ने गल्ती गरेर राजतन्त्रलाई विस्थापन गर्ने कारक पनि बने । जसलाई गोरखाबाट हिसाबकिताब गर्ने हो भने झन्डै ४ सय ५० वर्षको शाहवंशीय राजतन्त्रकै अध्याय समाप्त भयो । तथापि, अझ किरात, लिच्छवि, मल्ल आदि राजवंशलाई जोड्ने हो भने त त्यो एउटा युगकै समाप्ति थियो ।

यसर्थ, दरबार हत्याकाण्ड भएको २४ वर्ष बितिसक्दा पनि यस्ता आशंका र जिज्ञासा मेटिएका छैनन्, बरु अनेक अनुमान थपिँदै गएका छन् । यस्तो किन भयो भने आधुनिक नेपाली इतिहासको त्यो सनसनी घटनाको जरोमा पुग्नेगरी खोज अनुसन्धान नै गरिएन । एकातिर राजा वीरेन्द्रले सो प्रस्तावबाट नेपालको राष्ट्रिय स्वाभिमान खरानी हुन्छ भन्दै भारतको ठाडै अस्वीकार गरिदिए । यसका साथै अर्कोतिर ब्रिटिस मोडलको संवैधानिक राजतन्त्र स्वीकार गर्ने नेपालका प्रथम राजा बने ।

पश्चिमका सञ्चारमाध्यमले समेत राजा वीरेन्द्रलाई प्रजातान्त्रिक र उदार राजा भनेका छन् । त्यतिबेला प्रधानन्यायाधीश र सभामुख रहेको एउटा टोलीले घटनास्थलको अवलोकन र प्रत्यक्षदर्शीहरूको बयान संकलन त ग¥यो, तर कुनै निचोड निकालेन । न त त्यसपछि कुनै खोजबिन गरियो । कतिसम्म भने राष्ट्राध्यक्षको हत्यासहित त्यति ठूलो शाही संहार हुँदा तत्कालीन संसद्मा समेत बहस भएन । न त राजनीतिक दलहरू गहिराइमा पुग्न चाहे ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नयाँ राजा ज्ञानेन्द्रलाई स्थापित गर्नेमै केन्द्रित भए, भलै तिनै राजाबाट पछि धोका पाए । पदमुक्त भएपछि चाहिँ उनले त्यस हत्याकाण्डलाई आफूले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’को फर्मुलासँग जोडे, तापनि धेरै खुल्न चाहेनन् । जुन २०४३ सालमा प्रधानमन्त्री भएका मरिचमानसिंह श्रेष्ठ राजा वीरेन्द्रसँग ‘खुलेर छलफल गर्थे’ भन्ने उनका अन्तर्वार्ता र उनीसँगको कुराकानीका प्रसंगमा छर्लंग भएका छन् । जब २०४५ सालमा सेनाले चीनबाट ‘एन्टी एयरक्राफ्ट गन’लगायत सामग्री झिकाउँदा भारतले १५ महिनासम्म नेपालविरुद्ध नाकाबन्दी ग¥यो । भारतका विदेश सचिव एसके सिंह ६ बुँदे प्रस्ताव लिएर आए । अब भारतसँग मात्र हतियार किन्नुपर्ने, भारतको स्वीकृतिबेगर कुनै राष्ट्रसँग कूटनीतिक सम्बन्ध राख्न नपाइने, व्यापार र पारवहनमा भारतको स्वीकृति लिनुपर्ने आदि विषय त्यसमा उल्लेख थियो ।

राजा वीरेन्द्रले सो प्रस्तावबाट नेपालको राष्ट्रिय स्वाभिमान खरानी हुन्छ भन्दै ठाडै अस्वीकार गरिदिए । त्यसपछि भारतले दिल्लीका नेता एवं पत्रकारहरूको हुल पठाएर राजा वीरेन्द्रको एकाधिकार र निरंकुशता तोडेर दलहरूका हातमा शासन व्यवस्था ल्याउनुपर्छ भन्दै २०४६ सालको आन्दोलन सुरु गरायो । जसमा चन्द्रशेखर, हरकिशनसिंह सुरजित, सुब्रमव्यम स्वामी, एमजे अकबरलगायतका नेताले राजा वीरेन्द्र ‘तानाशाह’ हुन् भन्दा नेपालका कैयन् नेताले थप्पडी बजाए । जसमा बीपीका जेठा छोरा प्रकाश कोइरालादेखि पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यसमेत धेरै राष्ट्रवादी २०४६ सालको आन्दोलनका पक्षमा थिएनन् ।

यसअधि १७ माघ २०२८ मा राजा महेन्द्रको असामयिक स्वर्गारोहण भएपछि युवराज वीरेन्द्र नेपालका राजा भए । राजा महेन्द्रले ५३ राष्ट्रसँग कूटनीति सम्बन्ध स्थापना गरिसकेकाले धेरैजसो राष्ट्र नेपाल’bout अनभिज्ञ थिएनन् । फलतः विश्वमञ्चमा नेपालको भूमिका महत्वपूर्ण हुँदै गएको र नेपालले हजारौं वर्षदेखि बचाएको स्वतन्त्रता, एकता र अखण्डता अन्य देशका लागिसमेत उदाहरणीय बनेको सन्दर्भमा त्यसबेला संसारले नेपाललाई सूक्ष्म रूपमा हेरिरहेको थियो ।

१४ पुस २००२ देखि १९ जेठ २०५८ सम्मको जीवनकाल समय बर्बाद नगरी पलपल सदुपयोग गरे, राजा वीरेन्द्रले । अतः उनको शासनकालमा दुई प्रमुख घटना विश्वका सञ्चारमाध्यम र कूटनीतिज्ञले महत्व दिए । वस्तुतः २०३६ सालमा उनले निर्दलीय पञ्चायती व्यवस्था’bout लोकसम्मति बुझ्न राष्ट्रिय जनमत संग्रह गराउने घोषणा गरेका थिए

यसैगरी, १६ भदौ २०३८ मा पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बन्न पुग्यो । उनले भाषणमा अभिव्यक्त गरेका हृदयस्पर्शी शब्दहरूले त्यहाँ उपस्थित सम्पूर्ण सहभागी द्रवित र भावविभोर बन्न पुगे । नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले १३ फागुन २०३१ मा (शुभराज्याभिषेकको भोलिपल्ट) शान्ति क्षेत्रको प्रस्ताव राखे । यसरी आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । यसमा १ सय १६ राष्ट्रले समर्थन गरे पनि भारतले दुराशयपूर्वक त्यसको समर्थन गरेन ।

वीरेन्द्रले मुलुकलाई त्यस मोडमा जोगाए, जनआन्दोलनको भावनाअनुरूप राष्ट्रिय शक्तिहरूसँगै सम्झौता गरेर बहुदलीय प्रजातन्त्रको घोषणा गरे । मूलतः आफ्नो जीवनको उत्तरार्धमा उनले दिल्लीसँग सम्बन्ध सुधार्ने प्रयास पनि गर्दै थिए । त्यो सफल नहुँदै हत्याकाण्डमा ज्यान गयो । तथापि उनले ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयको अब्बल शिक्षाले मात्र राजा वीरेन्द्रको व्यक्तित्वलाई विराट र उच्च बनाएको होइन । यसमा पनि राजदरबारमा परिवारबाट पाएको संस्कार, तालिम, राष्ट्र र जनताप्रति पिताको समर्पण, अदम्य एवं अतुल्य प्रेम एवं राष्ट्रलाई सुदृढ, समृद्ध र युगानुकूल बनाउनुपर्छ भत्रे सचेतनाले राजा वीरेन्द्रलाई सदैव उत्प्रेरित गरिरहेको पाइन्छ ।

१४ पुस २००२ देखि १९ जेठ २०५८ सम्मको जीवनकाल अध्ययन गर्दा व्यक्तिगत सुखसयल, भोगविलास, मोजमज्जामा समय बर्बाद नगरी पलपल सदुपयोग गरे, राजा वीरेन्द्रले । अतः राजा वीरेन्द्रको शासनकालमा दुईवटा प्रमुख घटनालाई विश्वका सञ्चारमाध्यम र कूटनीतिज्ञहरूले धेरै महत्व दिएको पाइन्छ । वस्तुतः २०३६ सालमा उनले निर्दलीय पञ्चायती व्यवस्था’bout लोकसम्मति बुझ्न राष्ट्रिय जनमत संग्रह गराउने घोषणा गरे । त्यस्तै, २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको सट्टामा बहुदलीय प्रणालीको पुनःस्थापना गराए । ब्रिटिस मोडलको संवैधानिक राजतन्त्र स्वीकार गर्ने उनी नेपालका प्रथम राजा हुन् । त्यसैकारण पनि पश्चिमका सञ्चारमाध्यमले समेत उनलाई प्रजातान्त्रिक र उदार राजा भनेका छन् ।

राजा वीरेन्द्र नेपालमा अत्यन्त लोकप्रिय शासक थिए । उनको शासनकालमा नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रगति गरिरहेको थियो । तर, दरबारभित्र केही असन्तुष्टि रहेको अनुमान गरिन्छ । यसमा युवराज दीपेन्द्रले आफ्नो विवाहसम्बन्धी विवादका कारण तनावमा रहेको भन्ने चर्चा पनि विभिन्न सञ्चारमाध्यममा आएको थियो । आजसम्म आएर भन्ने नै हो भने दरबार हत्याकाण्ड भएको २४ वर्ष बितिसक्दा पनि यस घटनाको पूर्ण सत्यता नेपाली जनतामाझ आउन सकेको छैन । धेरैले यसलाई गोप्य रहस्य वा षड्यन्त्रका रूपमा हेर्छन् । यसमा पनि भन्ने नै हो भने विभिन्न पुस्तक, लेख र वृत्तचित्रहरूमा यस घटनाका विभिन्न आयाममाथि प्रकाश पार्ने प्रयास गरिएका छन् ।

यस घटनाको छानबिनका लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको नेतृत्वमा समिति गठन गरियो । यस छानबिन प्रतिवेदनमा युवराज दीपेन्द्रले लागू पदार्थ तथा मदिराको प्रभावमा रहेर हत्याकाण्ड घटाएको निष्कर्ष निकालिएको थियो । तर, धेरै नेपाली नागरिकले यस निष्कर्षलाई स्वीकार गर्न सकेनन् । कुनै पनि ठोस र निर्णायक निष्कर्षमा पुग्न सकिएको छैन । यसका साथसाथै राजा ज्ञानेन्द्र दरबार हत्याकाण्डपछि सत्तामा आए । तर, उनले सुरुमा जनताको भावना बुझ्ने संकेत दिए पनि पछि संसद् विघटन गर्दै कार्यकारी अधिकार सम्हाले । यस कदमले दरबारप्रति जनआक्रोश झनै बढायो । यसमा पनि २०६२÷६३ को जनआन्दोलनपछि ज्ञानेन्द्रले सत्ता छोड्नुप¥यो र नेपाल गणतन्त्रमा परिणत भयो ।

समग्रमा भन्नुपर्दा दरबार हत्याकाण्ड नेपालको इतिहासमा एक रहस्यमय घटना थियो । यसको वास्तविक सत्य अझै पनि पूर्ण रूपमा बाहिर आएको छैन । अतः नेपालमा गणतन्त्र स्थापनापछि पनि यस घटनाको निष्पक्ष छानबिन हुन सकेको छैन । फलतः दरबार हत्याकाण्ड केवल दरबारको एक आन्तरिक पारिवारिक दुर्घटना मात्र होइन, नेपालको राजनीतिक र सामाजिक संरचनालाई नै हल्लाउने ऐतिहासिक मोड पनि थियो । यो घटना राजा वीरेन्द्रको लोकप्रियता, ज्ञानेन्द्रको उदय, गणतन्त्रको सुरुवात र जनआन्दोलनसम्मको लहरको केन्द्रबिन्दुमा रह्यो । तसर्थ, २४ वर्षपछि पनि नेपाली जनताको मनमा प्रश्नहरू बाँकी छन्, यो केवल घटना थियो कि षड्यन्त्र ? सत्य के हो ? यसको जवाफ अझै सार्वजनिक हुन सकेको छैन । यसमा राज्य, इतिहासकार र अनुसन्धानकर्ता मिलेर यस घटनाको निष्पक्ष, गहिरो र पारदर्शी अध्ययन गर्नु आवश्यक छ ।

केवल यसैमार्फत नेपाली समाजले आत्मशुद्धी र इतिहासको न्यायपूर्ण मूल्यांकन गर्न सक्छ । जुन दरबार हत्याकाण्ड नेपालको इतिहासको एउटा यस्तो घाउ थियो जुन अझै निको भएको छैन । यसमा २४ वर्ष बितिसक्दा पनि यसको रहस्य पूर्ण रूपमा खुलेको छैन र धेरै प्रश्न अनुत्तरित छन् । यस घटनाले नेपाली राजनीतिमा मात्र होइन, समाज र जनमानसमा पनि गहिरो छाप छोडेको छ । सत्यको खोजी र न्यायको प्रत्याभूति भविष्यका लागि महत्वपूर्ण छ, ताकि यस्ता त्रासदीपूर्ण घटनाबाट पाठ सिकेर अघि बढ्न सकियोस् । जबसम्म यस घटनाको पूर्ण सत्यता बाहिर आउँदैन, तबसम्म यो नेपाली इतिहासको एउटा अकल्पनीय र रहस्यमय अध्याय बनेर रहनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार