धनगढी । राइजिङ स्टार बोर्डिङ स्कुलले अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढी उपमहानगरपालिका ६ मट्टियारीस्थित उक्त स्कुलले अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
अभिभावक शिक्षा कार्यक्रममा मोटिभेसनल स्पिकर रवि किरणले अभिभाकहरुलाई विद्यार्थी शिक्षा, असल अभिभावक कसरी बन्ने ? बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने ? तथा बालबालिकासँग कस्तो व्यवहार गर्ने ? भन्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल हरिशचन्द्र शाहीले अभिभावक, स्कुल र विद्यार्थीबीचको सम्बन्ध प्रगाढ बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।
कार्यक्रममा सयौँ अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अभिभावकहरुले कार्यक्रम निकै फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले कार्यक्रममा सिकाइएका कुराहरुले बालबालिकाको भविष्य बनाउन सहयोग पुर्याउनुका साथै जिम्मेवार अभिभावक बन्न पनि प्रोत्साहित गर्ने प्रतिक्रिया दिएका छन् ।
अभिभावकहरुले यस्ता खालका कार्यक्रम उपयोगी हुने भन्दै आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दनुहोस्