धनगढी । थोरै बोल्ने तर काम धेरै गर्ने वडाध्यक्षका रुपमा परिचित धनगढी उपमहानगरपालिका ५ का अध्यक्ष गजेन्द्र शाहीले वडाका विभिन्न ठाउँमा कन्भेक्स ऐना राखेका छन् ।
बढ्दो सडक दुर्घटनालाई ध्यानमा राख्दै वडा नम्बर ५ अन्तर्गतका जोखिमयुक्त सात स्थानहरुमा सो ऐन राखिएको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।
अध्यक्ष शाहीका अनुसार यी ऐनाहरुले मोड, अँध्यारो र भिजिबिलिटी कम भएका स्थानहरुमा दुर्घटनाको जोखिम घटाउन सहयोग गर्छन् । साथै यी ऐनाहरुको जडानपछि दुर्घटना कम हुनेमा पनि अध्यक्ष शाहीले विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै वडामा अन्य जोखिमयुक्त स्थानहरुको पहिचान कार्य जारी रहेको र आवश्यक स्थानहरुमा पनि छिट्टै सो ऐन जडान गरिने वडाध्यक्ष शाहीले बताएका छन् । यो पहल सुरक्षित सडक र दुर्घटनामुक्त समाज निर्माणको दिशातर्फ सानो प्रयास भएको शाहीको भनाई छ ।
साथै उनले यात्रा गर्दा वा सडक प्रयोग गर्दा पनि ध्यान दिन सबैमा अपिल गरेका छन् ।
प्रतिक्रिया दनुहोस्