लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध ट्रमाडोल ट्याब्लेटसहित आइतबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–४ यरीचोकस्थित ५४ को रमेशबहादुर शाहीले सञ्चालन गरेको जयलक्ष्मी फार्मेसीबाट ट्रमाडोल दुई सय ४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट चार सय १०ओटा बरामद सञ्चालकसहित निम्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता मोहनजंग बुढथापा ले जानकारी दिए ।

Seti Hospital

पक्राउ पर्नेमा फार्मेसी सञ्चालक रमेशबहादुर शाही, २५ वर्षका हिक्मतजंग शाही, २५ वर्षमका प्रलाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार