कैलालीमा १७ लाखकाे काेटकाे कपडासहित एक जना पक्राउ

धनगढी । कैलालीमा १७ लाखकाे अवैध कपडासहित एक जनालाई पक्राउ गरिएको छ ।

गोदावरी नगरपालिका–२, अत्तरियाको पूर्व रोड क्षेत्रबाट भन्सार छलि गरी ल्याइएका कपडासहित एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Galaxy

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा कारवाही गरेको हो।

पक्राउ पर्नेमा बैतडी जिल्ला पुर्चौडी नगरपालिका–१, हाट निवासी ३३ वर्षीय नविन कुँवर रहेका छन्। उनी अकबर कुँवरका छोरा हुन्।

प्रहरीका अनुसार कुँवरले भन्सार छलि गरेर ल्याएका अन्दाजी १ हजार १ सय मिटर बराबरका कोट पाइन्टका ९५ थान कपडा बरामद गरिएको छ। बरामद कपडाको अनुमानित मूल्य १७ लाख रुपैयाँ  रहेको छ।

प्रहरीले कपडा र कुँवर दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार