भोलिदेखि सुदूरपश्चिमसहित देशभर अनिश्चितकालिन यातायात बन्द हुने

धनगढीः भोलि (सोमवार)देखि सुदूरपश्चिमसहित देशभर अनिश्चितकालिन यातायात बन्द हुने भएको छ।

भोलिदेखि कालो नम्बर प्लेट भएका सम्पुर्ण सवारी साधन अनिश्चितकालका लागि बन्द हुने नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले देशभर सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन्।

Galaxy

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा सुदूरपश्चिममा रहेका विभिन्न यातायात समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै आफूहरुका माग सुनुवाइ नभए जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका थिए। सरकारी तथा निजी यातायात भने सञ्चालन हुन दिने समितीले जनाएको छ। यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितीले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार