रुसमा गुडिरहेको रेलमाथि पुल खस्दा सात जनाको मृत्यु

काठमाडौँ — रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किएर रेलमाथि खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । रुसको आपत्कालीन सेवाका अनुसार दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा भएको हो । 

दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन् । रुसको आपत्कालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलभित्र फसेका मानिसको खोजी गरिरहेको बताएको छ ।

Seti Hospital

रूसी रेलवेले टेलिग्राममा एक विज्ञप्तिमा यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ । स्थानीय गभर्नरले एक बच्चासहित दुई जना गम्भीर घाइते भएको र सबै घाइतेलाई अस्पताल पठाइएको बताए ।

मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ । अधिकारीहरूले दुर्घटनाको समयमा रेल गुज्रिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोच पटरीबाट खसेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार