काठमाण्डौ – राजावादी समूहले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । ‘संयुक्त जनआन्दोलन समिति’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौको माइतीघर–बिजुलीबजार सडकमा प्रदर्शन गरेको हो ।
त्यस क्षेत्रमा आज दिउँसो यातायात प्रभावित भएको छ । उनीहरुले हिजो पनि प्रदर्शन गरेका थिए । संयुक्त जनआन्दोलन समितिले राजतन्त्रको पुनःस्थापना, हिन्दु राष्ट्र कायम हुनुपर्नेलगायतका माग राखेर हिजोदेखि आन्दोलन सुरु गरेको हो ।
प्रतिक्रिया दनुहोस्