लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू

रूपन्देही : लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलन मुख्यमन्त्री चेतनारायण आचार्यले शिखर सम्मेलनको शुक्रबार उद्घाटन गरे ।

Seti Hospital

मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गरे । उनले यी शिक्षाहरू समतामूलक, सन्तुलित र न्यायपूर्ण आर्थिक संरचना निर्माणका लागि प्रेरणास्रोत भएको बताए ।

मुख्यमन्त्री आचार्यले भने,’आजको असमानता, गरिबी, उपभोक्तावाद र पर्यावरणीय संकटजस्ता चुनौतीहरूको सामना गर्न बुद्धको विचार झनै सान्दर्भिक बनेको छ । यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको छ ।’

उनले प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जनाए । ‘यस सम्मेलनले ती योजनाहरूलाई मूर्त रूप दिन योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु । लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ । तसर्थ, लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,’ मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

सम्मेलनबाट प्राप्त हुने विचार, सुझाव र निष्कर्षहरूले केवल लुम्बिनी प्रदेशलाई मात्र नभई सम्पूर्ण मानव समाजलाई समुन्नत, न्यायपूर्ण र दिगो आर्थिक विकासतर्फ उन्मुख गराउने मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरे ।

सम्मेलनको उद्देश्य बौद्ध शिक्षाको प्रचारप्रसारसँगै लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति र आर्थिक विकासमा योगदान पुर्‍याउनु रहेको छ । बौद्ध धर्मका सिद्धान्तमा आधारित रही स्थायी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यका अवसरबारे सम्मेलनमा गहन छलफल हुने लुम्बिनी विश्वविद्यालयका रजिस्टार डाक्टर तिलक आचार्यले बताएका छन् ।

सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञ, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको सूचना अधिकारी चूडामणि पोखरेलले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार