प्रजातान्त्रिक मूल्य मान्यताका लागि फेरि लड्नुपर्ने आवश्यकता देखेको छु : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक मूल्य मान्यताका लागि फेरि लड्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।

शुक्रबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा कोइरालाले भने, ‘म प्रजातन्त्र सेनानीलाई त भन्दिनँ तर, एकपटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण र मूल्यमान्यताका लागि लड्नुपर्ने आवश्यकता मैले देखेको छु।’

Seti Hospital

उनले पार्टीमा पनि यसबारे कुरा गर्ने गरेको बताए। तर, आफूलाई पार्टीभित्र राम्रो नमान्ने उल्लेख गर्दै उनले भने, ‘मलाई सधैँ घोच्छन्, शेखर कति खोट मात्रै देखाइरहन्छ भन्छन्। मैले कसैलाई व्यक्तिगत रूपमा खोट देखाउन खोजेको होइन। लोकतान्त्रिक आचरणमा बसेर अगाडि बढौँ भनेको हो। राम्रो काम गर्न सकिँदैन भने घरमै बसौँ। दण्डहीनताले अप्ठ्यारो नपरोस्, सुशासन दिन सकौँ भनेर मात्रै हो।’

उनले अब पनि आचरण परिवर्तन नगरिए गणतन्त्रले काम नगर्ने बताए। ‘हामीले हाम्रो आचरणलाई परिवर्तन गर्नुपर्‍यो। आचरण फेरि फर्काउनुपर्ने आवश्यकता छ। त्यो फर्किएन भने जतिसुकै गणतन्त्र, लोकतन्त्रको कुरा गरौँ, त्यसका लागि मैले बोलिरहेको हो। कसैलाई व्यक्तिगत रूपमा आक्षेपलगाउन खोजेको होइन,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार