तलब नबढेपछि सेवा निवृत्त कर्मचारीहरू सरकारसँग बेखुस

काठमाडौं : निवृत्त राष्ट्रसेवक समाज नेपालले निवृत्तहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन माग गरेको छ। 

बिहीबार सरकारले ल्याएको बजेटमा तलबमान वृद्धि नगरी महंगी भत्ता मात्र वृद्धि गरेको प्रति असन्तुष्टि जनाउँदै समाजले निवृत्त राष्ट्र सेवकहरूलाई महंगीले छुँदैन भन्ने दुरासयपूर्ण सोचमा सुधार गरी निवृत्तहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन वा उक्त राष्ट्रसेवकहरूको महंगी भत्तालाई तलबमानमा समायोजन गर्न माग गरेको हो। 

Seti Hospital

समाजका अध्यक्ष खेमनाथ अधिकारीले आज विज्ञप्ति जारी गर्दै सरकारले जेठ १५ गते ल्याएको संघीय बजेटमा राष्ट्रसेवकहरूको तलमान वृद्धि नगरी यसपटक पनि महंगी भत्ताकै नाममा सुविधा थप गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

समाजले महंगी भत्ताका नाममा निवृत्त राष्ट्र सेवकहरूलाई छक्काउने र अपहेलना गर्ने काम भएको र पटकपटक राष्ट्रसेवकहरूको तलब वृद्धि नगरी महंगी भत्ता मात्र बढाउनु प्रचलित परम्परा विपरीतको निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार