काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले ७५औं वर्षगाँठका अवसरमा हीरक जयन्ती लोगो सार्वजनिक गरेको छ ।
काठमाडौं जमलस्थित चेम्बर भवनमा आज शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषद् अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समिति संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरे ।
मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठका अवसरमा चेम्बरले वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ ।
हीरक जयन्ती भव्यतासाथ सम्पन्न गर्न सल्लाहकार परिषद् अध्यक्ष एवं पूर्वअध्यक्ष श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मूल समारोह समिति गठन गरिसकेको छ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिलाई हीरक जयन्तीका अवसरमा उजागर गर्दैछ ।
२००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । चेम्बर अभियान ७५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती भव्य बनाउने तयारी भएको सल्लाहकार परिषद् अध्यक्ष एवं पूर्वअध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया दनुहोस्