बाजुराको गाउँमा खानेपानी पुर्‍याउन चितवनका ‘रोटरियन’ को पहल

यहाँका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्‍याउन पहल गरेको छन् । यहाँको रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो ।
 
चितवनदेखि ८५० किलोमिटर टाढा पुगेर रोटरीका अभियन्ताहरूले बाजुराको गौमूल गाउँपालिका–६ मा पर्ने विपन्न बस्ती डाडीपाटामा सामाजिक काम थालेका हुन् । रोटरी क्लब अफ रत्ननगरले रोटरी क्लब अफ होनोलुलु सनसेट अमेरिका तथा अमेरिकाका अन्य केही क्लबहरूबाट सहयोग जुटाएर खानेपानी र सिँचाइको काम थालेको क्लबका सम्पर्क व्यक्ति जनक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रु ६५ लाखको लागतमा खानेपानी वितरणसँगै सिँचाइको व्यवस्था गर्न लागिएको छ । उक्त गाउँमा ३८ घरधुरी रहेका छन् । सोही ठाउँमा रहेको सामुदायिक विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत  छन् ।
 
क्लबका अध्यक्ष वीरञ्जना सापकोटाका अनुसार बस्तीभन्दा करीब १५० मिटर तलबाट बूढीगङ्गाको पानीलाई लिफ्ट प्रणालीबाट करिब ८०० मिटर उचाइसम्म पु¥याउने र ‘रिजर्भ ट्याङक’ सङ्कलन गरी त्यहीबाट वितरण गरिने छ । आगामी फागुनसम्म काम सम्पन्न हुने गरी काम भइरहेको रोटरी क्लब अफ होनोलुलु सनसेटका अर्जुन अर्यालले बताउनुभयो ।
 
यहाँका रोटरियनहरूले ग्लोबल ग्रान्टबाट ग्रामीण क्षेत्रमा यो आयोजना अघि बढाएका हुन् । परियोजनाको संयोजन गर्नुभएका इन्जिनियर गुणेश्वर महतोका अनुसार अफ्ठ्यारो भूगोलमा भएकाले काम गर्न केही समय लाग्ने छ । यहाँ उपभोक्ताहरूले रु पाँच लाख बराबरको श्रमदान गरिरहेका छन् ।
 
परियोजनाले ३८ परिवार र विद्यालयमा स्वच्छ पिउने पानी उपलब्ध गराउनुका साथै पशुपालन तथा सिँचाइमा सहयोग पुग्ने इन्जिनियर महतोले बताउनुभयो । 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार