देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट एक सय घरपारिवार लाभान्वित

आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको बन्दीपुर–४ स्थित खहरे–बिरुवा क्षेत्रमा अब बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा देवीखोला खहरे बिरुवा सिँचाइ योजना सम्पन्न भएपछि यहाँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । सिँचाई सुविधा पुगेपछि मौसमी र बेमौसमी तरकारी उत्पादनका साथै अन्य बाली लगाउन सहज हुने देवीखोला–खहरे–बिरुवा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष हरिकाशी गुरुङले जानकारी दिए।

Seti Hospital

“गत वर्ष मुहानमा च्याम्बर निर्माण गरी २ नंं ट्याङ्कीसम्म एक हजार ८०० मिटर लामो ११० एमएमको पाइप जडान गरिएको छ,” अध्यक्ष गुरुङले भने, “पहिलो वर्ष २ नं टयाङ्की निर्माण गरी तीनवटा गेटवाल राखेर २० वटा धारा जडान गरिएको थियो ।”

उनले भने, “यस चालु वर्षमा १ नं टयाङ्की निर्माण गरी चारवटा गेटवाल राखेर २८ वटा धारा जडान गरिएको छभने यसै वर्ष दुईवटा धारा थप गरी ५० वटा धारा पु¥याइएको छ ।”

एक लाख ८० हजार लिटर क्षमताका दुईवटा रिजर्भ टयाङ्की निर्माण गरी पानी सङ्कलन गरेर धाराबाट सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाबाट ३०० रोपनी क्षेत्रफल सिञ्चित हुने बताइएको छ ।

योजना सम्पन्न गर्नका लागि सिँचाइ डिभिजन कार्यालयबाट गत वर्ष रु ४५ लाख र यस वर्ष २५ लाख गरी रु ७० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिकी सचिव सीता रानाले बताइन्।

आगामी वर्षका लागि रु १० लाख बजेट विनियोजन गरी सत्र वटा थप धारा निर्माण गर्ने योजना रहेको सो कार्यालयले जनाएको छ । समयमै सम्झौता गरी समयमै निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए।

“आकाशेपानीको भर पर्नु पर्दैन,” प्रमुख आचार्यले भने, “नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाले अब बाह्रै महिना सिँचाइमा सजिलो बनाइदिएको छ ।” उहाँका अनुसार फलफूलजन्य र तरकारीजन्य उत्पादनमा प्रोत्साहन गर्दै नमूना कृषि फार्मका रुपमा विकास गर्न सिँचाइले बाटो खोलिदिएको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार