कोरियन प्रजातिको गाई, सिन्धुलीका किसानलाई

सिन्धुलीको कमलामाई नगरपालिका ५ गैयाटारका भोला अधिकारी कोरियन होलिष्टि प्रजातिको गाइको स्याहारमा व्यस्त देखिन्छन् । पहिलो पटक गाइ व्याएर एकै पटकमा झन्डै चालिस लिटर सम्म दुध दिएपछि गाइ पालनमा अधिकारी हौसिएका हुन् ।

२०७९ सालको पुस महिनामा दक्षिण कोरियाले नेपाल सरकारसँगको समन्वयमा हेफरमार्फत ८० ओटा गाईका बाच्छिहरु जहाजमार्फत नेपाल पठाएको थियो ।  सिन्धुलीको कमलामाई नगरपालिका र सिड्स नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा उक्त कोरियन होलिष्टिन जातका बाच्छिहरु कमलामाई नगरपालिका ४ र ५ का किसानहरुलाई वितरण गरिएको थियो । कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँगको सहकार्यमा ८० ओटा कोरियन होलिष्टिन जातका गाई सिन्धुलीको कमलामाई नगरपालिका भित्रका ५१ जना किसानलाई वितरण गरेको हो ।

Seti Hospital

कोरियन गाइ पहिलो ब्यतमा व्याएर स्थानिय जातको तुलनामा चौगुणा बढी दुध दिएपछि किसान खुसी भएका छन् । दुधको सहजै बजारिकरण र समयमै भुक्तानी पाउने अवस्था भए कोरियन गाइबाट आर्थिक समृद्धि किसानमा आउने भन्दै किसानहरु खुसी भएका छन् । अहिले हाम्रै समुहको डेरिमा दुध लैजाने गरेका छौ, स्थानिय भोला अधिकारीले भने, केहि स्थानिय स्तरमै बेच्छौ डेरिले पनि बाहिर पठाउनु पर्ने भएकाले भुक्तानी अलि समयमा हुदैन । कोरियन गाई पाएसँगै गोठलाई आधुनिकता सँगै सरसफाईमा किसानले ध्यान दिन थालेका छन् ।

“कोरेली गाईलाई यहाँको लोकल गाईको जस्तो फोहोरमा राख्न मिल्दैन, गाई फोहोर मन पराउदैन कोरियाली गाई स्याहारदै गरेकी किसान अनिषा कार्कीले भनिन्  एकछिन फोहर भयो भने गाई कराउन थाल्छन्,  बस्दै बस्दैन गाइले फोहोर गर्न साथ हामी सफा गरिहाल्छौ । 

कोरियाबाट आएका सबै गाईको नेपाली नाम राखेर बोलाउने गरेका छन् । कोरियन होलिष्टिन गाई किसानलाई बितरण गरिएका ती कोरली बाच्छी मध्ये हुर्केर ७० वटा ब्याई सकेको छन् । अन्य १५ वटा गाईकोलम्पिस्किन र अन्य रोगले मृत्यु भएको स्थानियले जनाएका छन् ।

ब्याएका २० वटा बाच्छी समूहभित्रका २० जना किसानलाई उपहार प्रदान गरेको र ११ वटा होलिष्टिन बाच्छा राष्ट्रिय पशु प्रजनन् कार्यालयले खरिद गरेर लगेको नगरपालिकाका पशु शाखाका चिकित्सक डा. रोसन कोईरालाले जानकारी दिए ।  होलिस्टेन गाई पाल्नका लागि परियोजना क्षेत्रमा कमलामाई नगरपालिका र हेफरको ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा तीन सय वटा नमूना गोठ निर्माण भई सकेका छन् । थप ३० वटा गोठ निर्माण भई रहेको छ । अहिले परियोजनामा ५४४ घरपरिवार आबद्ध रहेका छन् ।

कमलामाई नगरपालिका–५ गैयाटार निवासी किसान अनिरा अधिकारीले उन्नत जातको होलिस्टेन गाई पालेको दुई बर्ष भयो । उनको गोठमा दुई ओटा कोरियन जातका गाइ छन् । दुई ओटै पहिलो बेल व्याएर पनि फेरि व्याउने तयारीमा रहेको उनले बताइन् । स्याहारमा धेरै खट्नुपर्छ उनले भनिन्, राम्रो सँग स्याहार गर्न सके प्रसस्त दुध दिन्छन् । व्याएका दुबै गाईले लैनामा करिब चार महिनासम्म दैनिक ३४/३५ लिटर दुध दिएको उनको अनुभव छ । दुधमा आत्मानिर्भर बनाउने मात्रै नभएर दुध विकास परियोजनानै सञ्चालन गर्ने तयारी कमलामाई नगरपालिकाले गरेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए।

दुध विकास परियोजना मार्फत नमुना बुटिक डेरी सञ्चालन गरि दुधका विभिन्न परिकार बनाएर देश विदेश पु¥याउन हामी जुटेका छौ, त्यहि अनुसार काम भैरहेको छ उनले भने । परियोजना अन्तर्गत कमलामाई सामाजिक उद्यमी महिला दुग्ध सहकारी स्थापना गरि सञ्चालन भई रहेको, वडा नं. १ मा साईलेज उत्पादन प्लान्ट र वडा नं. ४ मा दुग्ध प्रशोधन प्लान्ट निर्माण भई रहेको नगरपालिकाले जनाएको छ ।  उचित स्याहार पुगेमा एउटा कोरेली गाईले वार्षिक कम्तीमा ११ हजार लिटर दुध दिने किसानको अपेक्षा छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार