रसिकलाई घरमै पुगेर राष्ट्रिय स्रष्टा सम्मान प्रदान

काठमाडौं : लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका अग्रज गीतकार एवम् गायक गणेश रसिकलाई गीतकार संघ नेपालले उनको निवासमै पुगेर ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरेको छ । उनलाई १ लाख ५१ हजारसहित सम्मान पत्रबाट गीतकार संघका पदाधिकारीहरूले सम्मानित गरेका हुन् । पाँच दशक भन्दा लामो समयदेखि गीत लेखनमा योगदान पु¥याएका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको गीतकार संघ नेपाल अध्यक्ष वसन्त वित्यासी थापाले राजधानीलाई बताए ।

यसैबिच गीतकार संघ नेपालले बुधवार अपराह्न काठमाडौँमा एक समारोहबिच सम्मान तथा पुरस्कार प्रदान गर्दै १६औँ स्थापना दिवस मनायो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गीतकारहरूलाई सम्मान एवम् पुरस्कार प्रदान गरे ।

Seti Hospital

विदेशमा बसेर गीत सृजना गर्दै आएका अमेरिकाका गीतकार दिलीप योन्जन तामाङलाई समारोहमा १५ हजार रुपैयाँ सहित यस वर्षको डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल २०८१ प्रदान गरियो । यस्तै मगर भाषाका गीतकार सन्जोग लाफा मगरलाई २५ हजार२५२ राशि सहितको यस वर्षको बिष्णुमन्सरा घले मातृभाषा गीतकार सम्मान २०८१ बाट पुरस्कृत गरियो । यो वर्षको ज्येष्ठ गीतकार सम्मान ५ हजार ५५१ सहित अग्रज गीतकार हरिभक्त बुढाथोकीलाई कार्यक्रममा प्रदान गरियो ।

कार्यक्रममा यस वर्ष भैरवनाथ रिमाल(कदम) वर्ष गीत पुरस्कार दुई गीतकारले पाए । ५७ हजार रुपैयाँको यो पुरस्कार डा. ओमकृष्ण प्रसाईं र ध्रुव खनाललाई प्रदान गरियो । गीतकार संघले आह्वान गरेका गीतहरूमा यी दुई उत्कृष्ट भएका थिए ।

५७ हजार रुपैयाँ राशिकै जगतमर्दन थापा बर्ष गीत पुस्तक पुरस्कार २०८१ गीतकार द्वय त्रिविक्रम पाण्डे र गीतकार हिमांशु रायलाई प्रदान गरियो । यी दुई गीतकारका कृतिलाई यो पुरस्कार प्रदान गरिएको गीतका संघका अध्यक्ष वसन्त वित्यासी थापाले कार्यक्रममा जानकारी गराए । गीतकार एवम् अतिरिक्त महानिरीक्षक टेक तामाङलाई बौद्धिक सम्पत्ति संरक्षणमा योगदान दिएको भन्दै कार्यक्रममा विशेष सम्मान प्रदान गरियो । कार्यक्रममा एलेन ठुले पनि सम्मानित भए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार