गण्डकीमा सार्वजनिक यातायात बन्द, जेठ १९ गते देशभर ठप्प पार्ने

काठमाडौं । गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पारिएको छ । गण्डकी सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि आक्रोशित बनेका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन् ।

संविधानविपरीत प्रदेश सरकारले ऐन नियमावली बनाएर कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था आएपछि यातायात सेवा ठप्प पारिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताए ।

Seti Hospital

“पूर्वनिर्धारित योजनानुसार नै यातायात बन्द गरेका छौँ । अब जेठ १९ गतेदेखि देशभर भाडाका सबै यातायात बन्द गरिनेछ,” उनले भने ।  

उनले सार्वजनिक बस, मिनी बस, ट्याम्पो, ट्याक्सीलगायत भाडाका सबै सवारीसाधन ग्यारेजमा थन्क्याइएको बताए ।

आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरूले जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाएका थिए । जेठ १८ गते कालो झन्डासहित सबै प्रदेशमा विरोध र्‍याली निकाल्ने कार्यक्रम छ ।

जेठ १८ गतेसम्म माग सम्बोधन नगरे जेठ १९ गतदेखि देशव्यापी अनिश्चितकालका लागि सवारीसाधन घर ग्यारेजमा थन्क्याएर आन्दोलन गरिने यातायात व्यवसायीले बताएका छन् ।

प्रदेश सरकारले गरेको राइड सेयरिङको मान्यतामा आपत्ति जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सर्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपाल यातायात मजदुर संघ आन्दोलनका लागि एकजुट भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार