चोरमारास्थित गिरूबारी खोलाको डाइभर्सन बाढीले बगाएपछि यातायात अवरूद्ध

नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको चोरमारास्थित गिरूबारी खोलाको डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको छ । गएराती परेको पानीले खोलामा बाढी आएपछि डाइभर्सन बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख जनक बन्जराले बताउनुभयो ।

डाइभर्सन बगाएपछि रातीदेखि नै सवारीको लामो जाम लागेको छ । वैशाख ३० गते ओभरलोड सवारीको कारण पुलमा क्षति पुगेको थियो ।

Seti Hospital

खोलामा पानीको सतह घटेपछि मात्र डाइभर्सन निर्माणको काम हुनेछ । यसै गरेर पश्चिम नवलपरासीको दाउन्नेमा पनि बाटो चिओलो हुँदा सवारी आवागमनमा समस्या आएको छ ।

ठुला र मालबाहक सवारी उकालो उक्लन नसक्दा यात्रु बाहक सवारी र साना सवारी पनि जाममा पर्नुपरेको छ । अहिले ठुला सवारीलाई दुम्किबास र बर्दघाटमा रोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार