अखिलमा विधान महाधिवेशन अघि नै उमेर हदमा हस्तक्षेप

एमाले पार्टीमा विधानले उमेर हद निलम्बन गरिरहेका बेला विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्ष उमेर हद लागू हुने भएको छ ।

अनेरास्ववियुको विधान सम्मेलन नै नभई पार्टीको निर्देशनमा उमेर हद लागु गर्न लागिएको छ । एमाले महासचिव शंकर पोखरेलले बुधवार संगठनका केन्द्रीय अध्यक्ष र इन्चार्जहरूलाई सर्कुलर पठाउँदै अनेरास्ववियुमा ३२ वर्षको उमेर हद कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उक्त सर्कुलरमा जेठ ११ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको ५२औँ बैठकले अनेरास्ववियुको चौविसौँ महाधिवेशनमा उमेर हद सम्बन्धी मापदण्ड सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।

Seti Hospital

अनेरास्ववियुका महासचिव नरेश रोकाया नेतृत्वमा उपमहासचिव, सचिवहरू रहेको १२ सदस्यीय विधान मस्यौदा समितिले ३०, ३२ वर्षे उमेर हदको मापदण्ड लागू गर्ने या उमेर खुला राख्ने विकल्पसहितको प्रस्ताव महाधिवेशनको हलमा लैजाँदै गर्दा पार्टीले यसलाई हस्तक्षेप गरेको हो ।

एमालेले गोदावरीमा गरेको विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायम गरेको थियो । २०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनले एमालेमा ७० वर्षे उमेर हद लगाए पनि  दुई वर्ष पनि नपुगी २०८० जेठमा बसेको सचिवालय बैठकले निलम्बन गरेर राखेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी छाडेर एमाले फर्किएका मुकुन्द न्यौपाने लगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गर्न विधानको व्यवस्था हटाएको  भनिए पनि अहिलेसम्म फुकुवा भएको छैन । एमालेले विधानको धारा ६४ को व्यवस्था निलम्बन गरेर राखेको छ । एमालेले आउँदो भदौमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

अनेरास्ववियुको हकमा एमाले महासचिव शंकर पोखरेलले सर्कुलर जारी गरेपछि सङ्गठनमा दुई धारमा विभाजित भैसकेको छ । ‘अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८२ जेठ ११ गते बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको ५२ औँ बैठकले अनेरास्वीयुको यसै महिना सम्पन्न हुन गइरहेको चौविसौ महाधिवेशनले उमेद हद कायम गर्नेगरि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको छ’ महासचिव पोखरेलले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ ।

३२ वर्षको उमेर हदबारे अनेरास्ववियुका महासचिव नरेश रोकायाले असहमति जनाउँदै सामाजिक सञ्जालमा टिप्पणी पनि गरेका छन् । खास गरी अनेरास्ववियूको महाधिवेशन जनपरिचालन भेलाबाटै उनले विरोध गरेका थिए । किशोर विक्रम मल्ल इन्चार्जको उपस्थितिमा भएको भेलामा उनले विरोध गरेपछि मल्लले कार्यक्रम नै छाडेर हिँडेका थिए । उपाध्यक्ष धर्म गिरीको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको छ । अनेरास्ववियुका महासचिव रोकायले  सर्कुलरलाई लोकतान्त्रिक प्रक्रिया र पार्टीको मूल सिद्धान्त विपरीत भएको दाबी गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

‘केन्द्रीय सचिवालयको बैठकमा समसामयिक राजनीतिक परिस्थिति बाहेक अन्य कुनै एजेन्डा थिएन। यस्तो अवस्थामा एजेन्डामै नभएको विषयमा गरिएको निर्णय पार्टीको आन्तरिक लोकतन्त्र र जनवादी केन्द्रीयताको सिद्धान्त विपरीत छ’ रोकायाले सामाजिक सञ्जालमा लेखेका छन् । रोकायाले महाधिवेशन नजिकिँदै गर्दा खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्नु अनुचित भएको भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘खेल सुरु भइसकेपछि खेलको नियम परिवर्तन हुँदैन। यदि गरियो भने त्यो म्याच फिक्सिङ मानिन्छ। ’ यसमा अखिलका पूर्व केन्द्रीय सदस्यहरूको पनि मत बाझिएको छ ।

अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन यही जेठ २४ देखि २७ गतेसम्म काठमाडौंको कीर्तिपुरमा हुँदैछ । जेठ १ गतेदेखि गर्ने भनिएको महाधिवेशन तयारी नपुगेपछि २४ दिन पर धकेलिएको थियो । ३२ वर्षे उमेर हद लागु हुँदा अखिलमा अहिले भएकामध्ये पाँच जना सचिव मात्रै बाँकी रहन्छन् । प्रकाश पौडेल, अञ्जना सिवाकोटी, डा। सुजन कडरिया, दीपक धामी, आरती भट्टराई रहन्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार