त्रिशूलीमा पौडी खेल्दा डुबेर ११ वर्षकी बालिका बेपत्ता, गोताखोरसहितको टोली खोजीमा

जेठ १५ गते तनहुँ जिल्लाको देवघाट गाउँपालिका-५ ठिमुरास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। 

स्थानीय ११ वर्षिया सृष्टि गुरुङ त्रिशूली नदीमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

SHIKHAR COOL TECH

बेपत्ता बालिकाको खोजीमा लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको टोली शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको डीएसपी थापाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार