सुनको मूल्य सात सयले बढ्यो, चाँदी १५ रुपैयाँले घट्यो

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्यवृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले वृद्धि भएको हो।

SHIKHAR COOL TECH

बिहीबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार फेरि उकालो लागेको हो। चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार घटेर १ हजार ९८० रुपैयाँमा झरेको छ।

यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँको गिरावट हो। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ। आज सुन प्रति औंस ३२९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा आएको उतारचढावले लगानीकर्ताको ध्यान पुनः सुनतर्फ तानिएको व्यवसायीहरू बताउँछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार