निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौँ : निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।

कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिबाना उठाउने गरिएको भन्दै यस्तो कार्य संविधान विपरीत रहेको जिकिरसहित रिट निवेदन दायर गरेका हुन् ।

Seti Hospital

रिट निवेदनमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनसहित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ ।

नेपाली बोलेमा विद्यार्थीमाथि कारबाही, जरिबाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको रिट निवेदकहरूको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार