यी हुन् बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन् ।

बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२/८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन् । 

Seti Hospital

पाँच उद्देश्य

१.आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने । 

२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।  

३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने । 

४.सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने । 

५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने । 

सात प्राथमिकताहरू 

१.उद्यमशीलता

२.रोजगारी,उत्पादन र उत्पादकत्वको अभिवृद्धि, 

३.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, 

४.सामाजिक क्षेत्रमा गुणात्मक सुधार

५.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता 

६.नागरिकमैत्री सेवा 

७. भ्रष्टाचार नियन्त्रण शासकीय सुधार 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार