रौतहटको चन्द्रपुरमा नगर अस्पताल निर्माण हुँदै

रौतहट : चन्द्रपुर नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। चन्द्रपुर-५ मा हाल सञ्चालनमा रहेको चन्द्रनिगाहपुर अस्पताल साँघुरो भएका कारण नयाँ नगर अस्पताल बनाउन लागिएको मेयर सञ्जय काफ्ले बताए। 

पहिलाको १५ शय्याको अस्पतालबाट सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्न असहज हुँदै आएकाले चाँदी नदी छेउमा रहेको पालिकाको १४ कठ्ठा जमिनमा थप १५ शय्याको नगर अस्पताल बनाउन लागिएको हो।

Seti Hospital

१५ शय्याको नगर अस्पताल निर्माणको जिम्मा श्री साहु कन्स्ट्रक्सन, पतौरा ५ रौतहटले पाएको छ। २ वर्षमा निर्माण सम्पन्न हुने गरी पहिलो प्याकेजमा ४ करोड ९३ हजार १८ सय सतासी  रुपैयाँ कर सहितको लागतमा अन्डर ग्राउन्ड पार्किङसहित पहिलो तल्ला बन्ने गरी नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्ष भित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको मेयर काफ्लेले बताए। 

नगर अस्पताल निर्माणका लागि संघीय सरकारबाट ३ करोड, प्रदेश सरकारबाट १ करोड र अपुग रकम नगरपालिकाले व्यहोर्ने गरी रकम विनियोजन भएको मेयर काफ्लेले बताए। नगर अस्पतालको पहिलो चरणको काम सम्पन्न भएपछि पुनः अर्को तलाका लागि टेन्डर आह्वान गरिने मेयर काफ्ले बताए। उनका अनुसार नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन ३५ करोडको हाराहारीमा रकम लाग्ने अनुमान छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार