८०८ गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न प्रदेशका दुर्गम तथा पहाडी क्षेत्रका जोखिममा परेका ८०८ गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार गरेको छ । यो तथ्यांक कार्यक्रम लागू भएको ०७५/७६ देखि यताको हो । चालु आवको फागुनसम्म मात्रै ९५ जना गर्भवती तथा सुत्केरीको उद्धार भएको छ ।

पछिल्लो सात वर्षमा सबैभन्दा बढी कर्णाली प्रदेशबाट २६५ जना र सबैभन्दा कम लुम्बिनीबाट ४० जनाको उद्धार भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले ०७८ को जनगणनाको क्रममा गरेको मातृस्वास्थ्य सम्बन्धी अध्ययनअनुसार लुम्बिनी र कर्णाली प्रदेशमा मातृ मृत्यु दर उच्च रहेको छ । लुम्बिनीमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु २०७ जना र कर्णलीमा १७२ जना रहेको छ । जुन राष्ट्रिय औसत मातृ मृत्यु दर भन्दा पनि बढि हो । नेपालमा प्रतिलाख जिवित जन्ममा मातृ मृत्यु १५१ जना रहेको छ ।

Seti Hospital

दिगो विकास लक्ष्य अनुसार नेपालले सन् २०३० सम्ममा प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर ७० जनामा झार्ने लक्ष्य राखेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार