एमालेकै अगाडि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी


राजा फर्काउन सडकमा उत्रिएका राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उपत्यकाका विभिन्न सात स्थानबाट जुलुससहित सभास्थल रत्नपार्कमा पुगेका उनीहरुले आक्रमक नारा लगाएका हुन् । 

राजावादीहरुले ‘….चोर, देश छोड्’, ‘राजतन्त्र जिन्दावाद’, ‘संघीयता खारेज गर’, ‘हाम्रो राजा प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाइरहेका छन् । प्रहरीले माइकिङ गरेर शान्त हुन भनिरहेका छ, तर रोकिएका छैनन् । 

Seti Hospital

स्वयंसेवक दस्ताले प्रदर्शनकारीहरुलाई एकीकृत गरिरहेको देखिन्छ । अहिले प्रदर्शनकारी रत्नपार्क प्रवेश गर्नेक्रम जारी छ । 

उता २ बजे सकिने भनिएको सत्ताधारी नेकपा (एमाले)को ‘गणतन्त्र उत्सव’ को कार्यक्रम अझै सकिएको छैन । एमालेका केही समूह र राजावादीको समूह सडकको वारी-पारी भएपनि बिचमा प्रहरीको बाक्लो उपस्थितिले भेट हुन पाएका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार