आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने

काठमाडौँ : राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा तय गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केहीबेर मात्रै सहभागी हुने भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू आन्दोलनमा केहीबेर सहभागी भएर संसद बैठकमा सहभागी हुने भएका हुन् । संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीले आफूहरू आन्दोलनका साथै संसद बैठकमा पनि सहभागी हुने बताए । 

राप्रपा समेत सहभागी राजावादी समूहको आन्दोलन दिउँसो २ बजेदेखि सुरु हुँदैछ । तर, ३ बजेदेखि संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण हुनेछ । सोही बजेट भाषणमा सहभागी हुनका लागि पार्टीका सांसदहरू बीचमै आन्दोलन छाडेर संसद बैठकमा सहभागी हुन लागेका हुन् । 

Seti Hospital

‘हाम्रो सहभागिता वारिपारि नै रहन्छ । आन्दोलनमा केहीबेर सहभागी भएर बजेट भाषण पनि सुन्न जान्छौँ’, शाहीले भने । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसदीय मोर्चामा रहेका नेताहरू ३ बजेअघिसम्म आन्दोलन सहभागी हुने र त्यसपछि संसदमा जाने बताए । त्यसपछि सांसद नरहेका नेताहरूको कार्यक्रममा सहभागिता रहने उनको भनाइ छ । 

 वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी संघसंस्थाहरु रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार