पोखरा : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मध्यनेपाल नगरपालिका वडा नं ६ का ४२ वर्षीय किरण गुरुङ छन् ।
पक्राउ परेका किरणबिरुद्ध लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसूर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको लमजुङ प्रहरीले जनाएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा विवाद हुँदा गुरुङले खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट मध्यनेपाल नगरपालिका वडा नं ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुशीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।
अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेल पनि सहभागी थिए ।
संस्थापन पक्षले तरुण दलको पूर्णकालीन सदस्य हटाउने र प्रतिनिधि छनोटमै रोक्ने काम गरेको भन्दै इतर पक्षले विरोध गर्दा गुरुङले खुकुरी प्रहार गरेका थिए ।
प्रतिक्रिया दनुहोस्