पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य खड्काको निधन

काठमाडौँ: पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य गणेशबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट दैलेख क्षेत्र नम्बर १ बाट २०६४ सालको संविधानसभा र त्यसअघि २०४८ तथा २०५१ को प्रतिनिधिसभा चुनावमा निर्वाचित खड्काको आज (बिहीबार) बिहान निधन भएको हो । 

क्यान्सर रोगसँग जुधिरहेका ८२ वर्षीय खड्कालाई काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार गराएर केही दिनअघि दैलेख सदरमुकामस्थित निवासमा लगिएको थियो । वि.सं. १९९९ सालमा दैलेखमा जन्मिएका खड्काले नेपाली कांग्रेस दैलेखको सभापतिका रुपमा लामो समय काम गरेका थिए । 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार