धनगढी । धनगढीमा चैतन्य गन्तव्य कप फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा जेठ १६ र १७ गते हुने फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक गन्तव्य क्याफेले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजक चैतन्य पाठशाला रहेको छ भने सह प्रायोजक मञ्जुश्री फाइनान्स लिमिटेड रहेको छ ।
प्रतियोगितामा देशभरका जुनसुकै ठाउँबाट पनि भाग लिन सकिने आयोजकले जनाएको छ । तर प्रतियोगितामा सहभागी हुने खेलाडी ३० वर्ष नाघेको हुनुपर्नेछ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेतालाई नगद रु ५१ हजार र उपविजेतालाई नगद ३१ हजार सँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरुस्कारको व्यवस्था गरिएको छ । जसअन्तर्गत बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट स्कोररलाई पुरस्कारस्वरुप २५ सय रुपैयाँ प्रदान गरिने प्रतियोगिताका संयोजक सन्दिप कुँवरले जानकारी दिएका छन् ।
व्यस्त दैनिकीमा स्वस्थ पनि रहनुपर्छ भन्ने सन्देश दिनुका साथै विभिन्न ठाउँमा रहेकाहरुबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने उद्धेश्यले फुटसल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क ५ हजार ५ सय तोकिएको छ । टुर्नामेन्टमा सहभागी हुन सन्दिप कुँवर (९८१५६६१५८४), गोबिन बोहोरा (९८५८४२५३७३) लाई सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया दनुहोस्