नेपालमा पहिलो फिल्ड इपिडिमोलोजी सम्मेलन असारमा हुँदै

नेपालमा पहिलो फिल्ड इपिडोमोलोजी सम्मेलन हुने भएकाे छ । राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार आगामी असार १२ देखि १३ सम्म दुई दिन हुँदैछ । देशभरिका फिल्ड इपिडिमोलोजिष्टहरुले आफ्नो अध्ययन र अनुसन्धानको विषयहरू प्रस्तुत हुनेछ । महाशाखाका अनुसार कुनै पनि रोगको बिषयमा फिल्डमै  पुगेर खोज अनुसन्धान गरी नियन्त्रणको उपाय खोज्ने विशेषज्ञलाई फिल्ड इपिडियोमोलोजिष्ट हुन ।

नेपालमा बढ्दो  संक्रामक रोग र नसर्ने रोगको प्रवृत्तिमा परिवर्तन हुँदै गएको र महामारी रोगको मौसम आइरहेको सन्दर्भमा यो सम्मेलनको औचित्य रहेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले बताए। मंगलवार सम्मेलनबारे जानकारी दिँदै झाले यस्तो बताएका हुन ।

Seti Hospital

सम्मेलनमा १ सय ५० देखि २ सय जना विशेषज्ञहरू सहभागी हुनेछन । सहभागी हुनेहरूमा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू, प्रकोप महामारीमा खटिने कर्मचारीहरू, शैक्षिक निजी तथा अनुसन्धान संस्थाहरू,जनस्वास्थ्य विज्ञ, सञ्चार माध्यमका प्रतिनिधिहरू ,गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाका विकास साझेदार हुनेछन । 

सम्मेलनमा फिल्ड इपिडोमोलोजीष्टहरुले आफुले प्रस्तुत गर्ने पोस्टर आयोजकलाई मे ३१ गतेभित्र बुझाइसक्नु पर्नेछ । बुझाइको पोस्टरको स्वीकृति १० जुनभित्र हुनेछ । अन्य जानकारीको लागि सम्मेलनको वेबसाइट‘कन्फुरेन्स डट इडियु डट जिओभी डट एनपीमा हेर्न सकिने व्यवस्था गरिएको छ । 

प्रस्तुतिहरू निम्न बिषयमा आधारित रहेर हुनु पर्ने जनाइएको छ । जसमा एक स्वास्थ्य दृष्टिकोण अन्तर्गत संक्रामक  रोग इपिडोमोलोजी, निगरानी प्रकोप, अनुसन्धान र तत्कालीन प्रतिक्रिया , जोखिम सञ्चार र समुदाय संलग्नता, प्रकोपपछिको मूल्याकंन र नीतिगत हस्तक्षेप र स्वास्थ्य आपतकालिन अवस्थाको सन्दर्भमा विपद् व्यवस्थापन रहेका छन् । 

सम्मेलनको क्रममा आउँदो र भइरहेका संक्रामक तथा नयाँ रोगहरूको स्थिति, प्रवृत्ति र त्यसको नियन्त्रणको लागि अपनाइने  उपाय समेत आपसमा साटासाट हुनेछ । जसमा जलवायु परिवर्तनको असरले निम्ताएका रोगहरूको खोजी तथा व्यवस्थापनको बारेमा पनि चर्चा हुने निर्देशक झाले बताए । 

निर्देशक झाका अनुसार सम्मेलनबाट रोग नियन्त्रणको लागि उत्कृष्ट अभ्यास र नविन विधिहरूको राम्रो बुझाइ, नेपालमा भएको प्रकोप अनुसन्धान तथा प्रतिक्रिया सम्बन्धी तथ्यहरू, सरोकारवालाहरू बिच सहकार्य र सञ्जाल सुदृढीकरण हुने अपेक्षा लिइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार