दर्शकमाझ देखियो महानायक हमालको सादगीपन, ‘नरसिंहाः अवतार’ को खुलेर प्रचार

काठमाडौं : गत शुक्रबार जेठ ९ गतेबाट महानायक राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ प्रदर्शनरत छ । यो फिल्मले रिलिजको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवार देशभर उत्साहजनक ओपनिङ गरेको थियो । तेस्रो दिन आइतवारबाट पनि सुखद् व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

सोमवार चौथो दिनबाट सिनेमाको निर्माण टिम मोफसल दौडाहामा छ । सोमवार पूर्वी नेपालमा विभिन्न शहरमा पुगेर दर्शकसँग साक्षात्कार गरेको टिम मंगलवार काठमाडौं फर्केको थियो । पूर्वी नेपालमा इटहरी, बिर्तामोड, दमक, बिराटनगर र धरानका विभिन्न फिल्ममा हलमा पुगेको नरसिंहा अवतार टिमले दर्शकको उल्लेख साथ पाएको जानकारी निर्माण नरेन्द्र महर्जनले दिए ।करिब १० वर्षपछि महानायक राजेश हमाल कुनै फिल्मका लागि दर्शक साक्षात्कारका लागि मोफसल यात्रामा निस्केका थिए । पूर्वी नेपालमा दर्शकले महानायक हमाललाई न्यानो स्वागत गरेका थिए । पूर्वी नेपालमा हलमा महानायक पुग्दा सेल्फी खिच्न दर्शकबीच तछाडमछाड नै चलेको थियो । त्यही क्रेजलाई ध्यानमा राख्दै नरसिंहा अवतार टिम आज बुधवार महानायक राजेश हमाललाई लिएर पश्चिम नेपालको यात्रामा निस्केको छ ।

Seti Hospital

निर्देशक दीवाकर भट्टराई दिएको जानकारी अनुसार आज बुधवार ‘नरसिंहाः अवतार’ टिमले नेपालगञ्ज र धनगढीका दर्शकसँग साक्षात्कार गर्नेछ । त्यसपछि दाङ, बुटवल, नारायणगढ हुँदै काठमाडौं फर्किने तयारी निर्माण टिमको छ । पश्चिम नेपालका दर्शकले पनि महानायक राजेश हमालसहितको टिमलाई न्यानो स्वागतसँगै उच्च साथ र सहयो मिल्ने अपेक्षा निर्माण टिमको छ ।

महानायक राजेश हलमा कुनैपनि तडकभडक विना नै मोफसल यात्रामा निस्केका छन् । यसअघि केकी कलाकार बडिगार्डसहित दर्शक प्रतिक्रिया लिन हल पुग्दै गर्दा महानायक हमाल सामान्य रुपमा नै दर्शकमाझ पुगेर दर्शकको मन जितिरहेका छन् । जो महानायक हमालको सादगीपनको उदाहरण भएको भन्दै प्रशंसा भैरहेको छ ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार