सुनसरी मोरङ औद्योगिक कोरिडोरको तिरूपति प्लाइउड उद्योगमा आगलागी

सुनसरी । सुनसरी मोरङ औद्योगिक कोरिडोरअन्तर्गत इटहरी-१२ मा रहेको तिरूपति प्लाइउड उद्योगमा आगलागी भएको छ । 

राति साढे २ बजेदेखि सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहका एक दर्जन दमकल परिचालन गरिएको छ । 

Seti Hospital

दमकल टोली र सुरक्षा निकायको टोली आगो नियन्त्रणको प्रयासमा खटिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

उद्योग भित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल लगायतका सामग्री भएकाले आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको भण्डारीले जानकारी दिनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार