अकस्मात हुँदैन हृदयघात, शरीरमा पहिल्यैदेखि देखिन्छन् यस्ता लक्षण

काठमाडौँ — सामान्य रुपमा बसिरहेको अवस्थामा हृदयघातबाट मानिस बसेकै ठाउँमा ढल्छन्, हिँड्दाहिँड्दै पनि ढलेका कैयौं भिडियो फिल्महरुमा देख्न पाइन्छ । नाच्दानाच्दै पनि हृदयघात भएको देखिन्छ । तर के वास्तवमा हृदयघात हुँदा यस्तै हुन्छ त? हुँदैन ।

हृदयघात अचानक आउँदैन । यसका लागि हाम्रो शरीरमा पहिलेदेखि नै कैयौं संकेतहरु देखिन्छन् । तर हामी त्यस्ता संकेतलाई बेवास्ता गर्छौं ।

Seti Hospital

वर्तमान समयमा मुटु रोगीको संख्या तीव्र गतिमा बढिरहेको छ । सामाजिक सञ्जालहरुमा यस्ता समस्याबारे भिडियोहरु दैनिक पोस्ट भइरहेका हुन्छन् । जहाँ अचानक हृदयघातबाट काम गर्दै गरेको मानिस पनि ढलेको देखिन्छ ।

जब मुटुमा रगत र अक्सिजन पुग्न पाउँदैन तब हृदयघात हुन्छ । कैयौंपटक अचानक हृदयघात हुँदैन । हाम्रो शरीरमा पहिलेदेखि नै कैयौं संकेत देखिन्छन् । हामीले त्यसलाई सामान्य रुपमा लिन्छौं र पछि गम्भिर परिणाम भोग्नुपर्छ । हृदयघात हुनुअघि हाम्रो शरीरमा देखिने सामान्य लक्षणहरु निम्नप्रकार छन् ।

छातीमा उकुसमुकुस वा दबाब

हृदयघातको एक सामान्य लक्षणमध्ये छातीमा उकुसमुकुस हुने वा दबाब महशुस हुनु हो । छातिभित्र भारी दबाब हुनु पहिलो लक्षण हो । छातीमा यस्तो दबाब केही मिनेटसम्म पनि रहनसक्छ । कैयौंपटक हल्कारुपमा दबाब महशुस हुने र विस्तारै ठिक हुँदै जाने हुन्छ ।

सामान्यतया मानिसहरु यसलाई ग्यास्ट्रिक या एसिडिटी सम्झेर बेवास्ता गर्छन् । तर यस्तो बेवास्ता भविष्यमा आफैंलाई भारी पर्न सक्छ । यस्तो समस्या हात, गर्धन, जिउँडो या पिठ्यूँसम्म हुन थाल्यो भने हृदयघातको संकेत हुनसक्छ । यस्ता संकेत देखिएमा तत्काल मुटुरोग विशेषज्ञसँग परामर्श लिइहाल्नुपर्छ ।

थकान र कमजोरी

धेरै थकान महशुस हुनुले मुटुसम्बन्धी समस्याबारे संकेत गर्छ । यदि तपाईंलाई दैनिक थोरै काम गर्दा पनि थकान महशुस हुन्छ भने यस्तो लक्षण मुटुसम्बन्धी रोगको सुरुवात हुनसक्छ । विशेषगरी महिलाहरुमा यस्तो लक्षण धेरै देखिन्छ । महिलामा यस्तो थकान अचानक आउँछ र दैनिक कामकाजमा समस्या उत्पन्न गराउनसक्छ । प्रायले यसलाई निद्रामा कमी र उमेरको असर भन्दै बेवास्ता गर्दै जान्छन् ।

श्वास लिन समस्या र पसिना आउनु

श्वास लिन समस्या र पसिना आउनु पनि हृदयघातको एक खतरनाक लक्षण हुनसक्छ । हृदयघातअघि शरीरमा अक्सिजनको कमी हुन्छ, जसकारण श्वास फुल्न लाग्छ त्यसैले श्वासप्रश्वासमा समस्या देखिन्छ । यस्तो अवस्थामा थोरै हिँड्दा पनि श्वास बढ्छ । सिँढी चढ्न सकस हुन्छ । बिना कुनै कारण अचानक पसिना आउन थाल्छ भने तत्काल चिकित्सकसँग सल्लाह लिनुहोस् ।

मुटुको धडकनमा गडबडी र चक्कर आउनु

मुटुको धडकनमा अचानक तीव्र हुनु र अचानक सुस्त हुनु पनि हृदयघातको लक्षण मानिन्छ । यससँगै चक्कर आउनु, बेहोसीजस्तो महशुस हुनु या अचानक आँखा कमजोर हुनु पनि हृदयघातको लक्षण हुनसक्छ । प्राय मानिसहरु यसलाई कमजोरीका कारण भएको हुनसक्ने भन्दै बेवास्ता गर्छन् । तर योखतरनाक सावित हुनसक्छ ।प्रकाशित : जेष्ठ १४, २०८२ ११:२६

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार