राष्ट्रियसभामा पनि उठ्यो गृहमन्त्रीको राजीनामाको माग

काठमाडौँ : राष्ट्रियसभाको बुधबारको बैठकमा पनि गृहमन्त्रीको राजीनामाको माग उठेको छ। आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ थियो।

Seti Hospital

पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उनले बताए। दुई तिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप पनि सांसद अछामीले लगाए।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा सभाको ध्यानाकर्षण भएको बताए। गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। राष्ट्रियसभाको बैठक भने सञ्चालन भएको छ।

राष्ट्रियसभा बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

त्यस्तै, आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन् समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची  रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार